PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

समानुपातिकको तेस्रो स्थानमा उक्लियो माओवादी, एकीकृत समाजवादीको मत १ लाख ७६ हजार



पहिलोपोस्ट

समानुपातिकको तेस्रो स्थानमा उक्लियो माओवादी, एकीकृत समाजवादीको मत १ लाख ७६ हजार

काठमाडौं : मंसिर ४ मा सम्पन्न निर्वाचनको परिणाम आउने क्रम जारी छ। पछिल्लो अपडेटअनुसार प्रतिनिधिसभातर्फ प्रत्यक्षमा नेपाली कांग्रेसले सबैभन्दा धेरै सिट जितेको छ। नेकपा (एमाले) कांग्रेसलाई पछ्याइरहेको छ भने तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र) रहेको छ।

नेकपा (एकीकृत समाजवादी) १० सिटका साथ चौथो स्थानमा छ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ भने एमालेले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ। निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार एमालेले १९ लाख ११ हजार ५२७ मत प्राप्त गरेको छ। कांग्रेसले १८ लाख ३९ हजार ८८४ मत पाउँदै दोस्रो स्थानमा छ।

यसअघि, चौथो स्थानमा रहेको माओवादी केन्द्र तेस्रोमा उक्लिएको छ। माओवादी केन्द्रले ८ लाख ११ हजार ३१५ पाउँदा चौथो स्थानमा झरेको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ९६ हजार ७८२ मत प्राप्त गरेको छ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख १० हजार ०८२, जनता समाजवादी पार्टी, नेपालले २ लाख २६ हजार ६०३ र एकीकृत समाजवादीले १ लाख ७६ हजार ४३९ मत पाएका छन्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell