PahiloPost

Jul 3, 2024 | २० असार २०८१

विवाहको लगन सुरु भएपछि माग बढ्दा सुन दैनिक १० किलोको कोटाले धान्न मुस्किल



सरला सुवेदी

विवाहको लगन सुरु भएपछि माग बढ्दा सुन दैनिक १० किलोको कोटाले धान्न मुस्किल

काठमाडौं : विवाहको लगन सुरु भएपछि सुनको माग दैनिक ३५ किलो पुगेको छ। तर विदेशी मुद्रा संचिति कम भएको भन्दै सरकारले दैनिक १० किलोमात्रै सुन आयातको कोटा तोकेको छ।यसले बजारमा सुन अभाव हुन थालेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर ११ गतेदेखि विवाहको लगन सुरु भएकाले सुनको माग दैनिक ३५ किलो पुगेको छ।

'विवाहकै कारण सुनको गरहनाको अर्डर बढेको हो। मंसिर सुरु भएपछि सुनको उच्च रुपमा बढेको छ,' महासंघका महासचिव धर्मभक्ता बज्राचार्यले भने, 'केही दिन अघिसम्म सुनको माग दैनिक २५ किलो मात्रै थियो।'

उनका अनुसार चुनावका कारण मंसिर महिनाको पहिलो साता कारोबार कम भएको हो। 'चुनावका कारण मंसिर पहिलो साता सुनको कारोबार कम भयो। तर अहिले कारोबार उत्साहजनक छ। तर मागअनुसार सुननै छैन,' बज्राचार्यले भने, 'अफसिजनको समयमा जम्मा गरेको सुन पनि तिहारमै सकियो,' उनका अनुसार बैंकसँग पनि सुनको स्टक छैन।

आयातित सुन उपत्यका र उपत्यका बाहिरको जिल्लालाई ५०/५० प्रतिशतका दरले बिक्री गरिन्छ। उपभोक्ताले पहिलाजस्तो सुन बिक्री गर्न छोडेको छन्। 'पहिला गरगहना बेच्न ल्याउने उल्लेख्य हुन्थे। तर अहिले पूरानो गहना ल्याएर थपथाप गरेर नयाँ बनाउने बढेका छन्,' बज्राचार्यले भने, 'त्यही भएर अहिले सुनको माग धान्न सजिलो छैन।'

उनले सिजनअनुसार सुनको कोटा बढाउनुपर्ने बताउँदै व्यवसाय जोगाउनका लागि पनि आवश्यक भइसकेको बताए। 'सुन व्यवसायीलाई जोगाउनकै लागि पनि सिजनअनुसार कोटा बढाउन आवश्यक छ। होइन भने यतिधेरै व्यवसायी संकटमा पर्छन्,' उनले भने, 'तर हाम्रो माग सरकारले सुनिरहेको छैन।' बज्राचार्यले सुनलाई अनुत्पादक लगानीसँग हेरेर कोटा निर्धारण गर्न नहुने बताउँदै धार्मिक र सांस्कृतिक रुपमा समेत हेर्न सुझाव दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell