PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

लैंगिक हिंसाविरुद्ध वाकाथान र नाटक प्रदर्शनी

लैंगिक हिंसाविरुद्ध वाकाथान र नाटक प्रदर्शनी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : काठमाडौंमा शनिवार बिहान लैंगिक हिंसाविरुद्ध र्‍याली भएको छ। काठमाडौंको दरबारमार्गबाट शुरु भएर वसन्तपुर पुगेको 'वाकाथान' नाटक प्रदर्शन गरी टुंगियो।

संयुक्त राष्ट्रसंघको लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसर पारी वाकाथान भएको आयोजकले जनायो। जोन्टा क्लब अफ काठमाडौंको आयोजनामा भएको वाकाथानमा हिंसाविरुद्ध एक हुन आह्वान गरिएको थियो।

वाकाथानमा सहभागीहरुले 'कहिलेकही हैन, कहिले पनि हैन,' 'सार्वजनिक यातायातमा हुने यौन दुर्व्यहार विरुद्धको अभियान, आजदेखि मेरो पनि अभियान' लगायतका नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरिएको थियो।  

 



ट्रेन्डिङ पोस्ट

Ncell