
काठमाडौं : नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका नवनिर्वाचित सांसद प्रकाशमान सिंहले संविधानको रक्षा गर्दै कार्यान्वयन गर्न ध्यान केन्द्रीत गर्नुपर्ने बताएका छन्। शनिबार आफूलाई निर्वाचित गर्ने मतदातालाई धन्यवाद दिन आयोजि धन्यवाद ज्ञापन यात्राका क्रममा क्षेत्रभरि घुमेका नेता सिंहले संविधानलाई कमजोर गर्ने शक्तिहरु अहिले पनि सक्रिय भएकाले संविधानको रक्षा गर्दै कार्यान्वयन गर्न ध्यान केन्द्रीत गर्नुपर्ने बताएका छन्।
कांग्रेसको नेतृत्वमा जारी भएको संविधान यसअघिको प्रतिनिधिसभामा कांग्रेसले म्यान्डेड नपाएकै कारण अरु दलहरुले आवश्यक कानून बनाउन नसकेको र मुलुक राजनीतिक अस्थीरताको भूमरी परेको उनले बताए।
नेता सिंहले संविधान नै काम लाग्दैन भन्नेहरु पनि संसदमा आउन लागेको र यसले नेपालको राष्ट्रिय राजनीति अस्थीर हुने देखिएकाले थप सजक हुनुपर्ने बेला आएको धारणा राखे। अहिले सबै दल जिम्मेवार बन्नुपर्ने बेला आएको उनको भनाई रहेको छ। फेरि पनि अस्थिरता चाहने शक्तिहरु सल्बलाउन थालेको उल्लेख गर्दै परिस्थिति जटिल बन्दै जानसक्ने भन्दै चिन्ता व्यक्त गरे।
तीनै तहको सरकारलाई बलियो बनाएर काम गर्न दिन आवश्यक कानून बनाउनेदेखि बिकास निर्माण लगाएतका काम सम्पन्न गर्न गठबन्धन मिलेर अघि बढ्नुपर्ने उनको भनाई छ।
कार्यक्रम नेपाली कांगेस काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेको थियो।