PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

गृहमन्त्री खाणलाई पराजित गर्दै रुपन्देही ३ मा राप्रपाका दीपक बोहरा निर्वाचित



पहिलोपोस्ट

गृहमन्त्री खाणलाई पराजित गर्दै रुपन्देही ३ मा राप्रपाका दीपक बोहरा निर्वाचित

बुटवल : बहालवाला गृहमन्त्री बालकृष्ण खाणको संसदमा इन्ट्री हुने बाटो बन्द भएको छ। रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहरा विजयी भएसँगै कांग्रेस नेता खाणको संसद् यात्रा टुंगिएको हो।

खाणलाई बोहराले २ हजार ६४२ मतान्तरले पराजित गरेका हुन्। बोहराले ३६ हजार ६४८ मत ल्याएर विजयी हुँदा गृहमन्त्री खाणले ३४ हजार ६ मत मात्र पाएका छन्।

यहाँ बोहरालाई नेकपा एमालेले समर्थन गरेको थियो। प्रदेशसभा तर्फ क्षेत्र नम्बर ३ (क) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सन्तोषकुमार पाण्डेय र ३ (ख) मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी विजयी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell