PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

ट्युनिसियामाथि अस्ट्रेलियाको संघर्षपूर्ण जित



पहिलोपोस्ट

ट्युनिसियामाथि अस्ट्रेलियाको संघर्षपूर्ण जित
Photo: Hannah Mckay/Reuters

फिफा विश्वकप अन्तर्गत आज सम्पन्न खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई हराएको छ। अल जानउब स्टेडियममा सम्पन्न समूह 'डी' को खेलमा अस्ट्रेलियाले ट्युनिसियामाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो।

अस्ट्रेलियाको जितमा मिचेल ड्युकले निर्णायक गोल गरे। उनले खेलको २३ औं मिनेटमा हेडरमार्फत गोल गरेका थिए। पहिलो खेलमा फ्रान्ससँग पराजय ब्यहोरेको अस्ट्रेलियाले ट्युनिसियालाई हराउँदै नकआउट चरण पुग्ने सम्भावनालाई कायम राखेको छ। अघिल्लो खेलमा ट्युनिसिया डेनमार्कसँग गोलरहित बराबरीमा रोकिएको थियो।

जितसँगै अस्ट्रेलिया समूहको दोस्रो स्थानमा उक्लिएको छ। शीर्षस्थानमा समान ३ अंक जोडेको फ्रान्स छ। आजै हुने समूह 'डी' को अर्को खेलमा फ्रान्स र डेनमार्क पौने १० बजे रास अबोउ अबोउड स्टेडियममा भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell