PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

अर्जेन्टिनालाई हराएको साउदी अरब पोल्याण्डसँग पराजित



पहिलोपोस्ट

अर्जेन्टिनालाई हराएको साउदी अरब पोल्याण्डसँग पराजित
Photo: Sorin Furcoi/Al Jazeera

फिफा विश्वकप अन्तर्गत आज सम्पन्न खेलमा पोल्याण्डले साउदी अरेबियालाई हराएको छ। एजुकेसन सिटी स्टेडियममा सम्पन्न समूह 'सी'को खेलमा पोल्याण्डले साउदी अरेबियामाथि २-० गोलअन्तरले हराएको हो। एसियाली राष्ट्र साउदीले आफ्नो पहिलो खेलमा अर्जेन्टिनालाई २-१ गोलअन्तरले हराउँदै सुखद सुरुवात गरे पनि जितको शृङखललाई निरन्तरता दिन सकेन।

पिओट्र जिइलिन्स्कीको गोलमा ३९ औं मिनेटमा अग्रता बनाएको पोल्याण्ड पहिलो हाफमा एक गोलले अघि रह्यो। पहिलो हाफको इन्ज्युरी समयमा पाएको पेनाल्टीको अवसरमा सलिम अल्दाव्सरी चुक्दा खेलमा फर्कने अवसरबाट साउदी चुक्यो। दोस्रो हाफमा पटकपटक आक्रमणको गरेर पनि फिनिसिङमा चुक्दा साउदी खेलमा फर्कन सकेन। अर्कोतर्फ पोल्याण्डका कप्तान रोबर्ट लेवान्डोस्कीले ८२ औं मिनेटमा गोल थपे। अघिल्लो खेलमा मेक्सिकोविरुद्ध पेनाल्टीको अवसरमा चुकेका उनले विश्वकपमा आफ्नो पहिलो गोल गर्न सफल रहे।

पोल्याण्डले आफ्नो पहिलो खेलमा मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएका थिए। यो सँगै समुह 'सी' को शीर्षस्थानमा ४ अंक जोडेको पोल्याण्ड उक्लिएको छ भने ३ अंक जोडेको साउदी दोस्रो स्थानमा छ। आजै अर्को खेलमा १ अंक जोडेर तेस्रो स्थानमा रहेको मेक्सिको र अंकविहिन अर्जेन्टिना भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell