PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

सुवास नेम्वाङको संघर्षपूर्ण जित, ११४ मतान्तरले भए सातौँपटक सांसद



पहिलोपोस्ट

सुवास नेम्वाङको संघर्षपूर्ण जित, ११४ मतान्तरले भए सातौँपटक सांसद

काठमाडौंः पूर्वसभामुख सुवास नेम्वाङ इलाम २ बाट निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गर्दै नेम्वाङ विजयी भएका हुन्। 

नेम्वाङले ३० हजार २० मत प्राप्त गरे। यस्तै, खड्काले २९ हजार ९०६ मत प्राप्त गरे। 

राष्ट्रिय सभाबाट संसदीय यात्रा सुरु गरेका नेम्वाङको यो साताौँ जित हो। यसअघि नेम्वाङ उक्त क्षेत्रबाट दुबै संविधान सभा र संघीय संसदको निर्वाचनमा विजयी भएका थिए। 

नेम्वाङ २०४८-२०५२ सम्म पहिलोपटक राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए। लगत्तै पुनः राष्ट्रिय सभा नै निर्वाचित भए। २०५६ देखि भने प्रतिनिध सभामा प्रतिनिधत्व गरेका हुन्। ०५६ मा इलाम २ बाट नेम्वाङ निर्वाचित भएका थिए। दुबै पटकको संविधानसभा सदस्य निर्वाचनमा उनी निर्वाचित भएका थिए। ०७४ मा पनि नेम्वाङ इलाम २ बाटै निर्वाचित भएका थिए। 

शनिबार साँझ नै मतगणना अन्तिम चरणमा पुगे पनि मतदान अधिकृतको हस्ताक्षर नभएका केही मत फेला परेपछि गणना रोकिएको थियो। राति ९ बजेबाट पुनः उक्त क्षेत्रमा गणना सुरु भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell