PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

एम्बापेको दोहोरो गोलमा डेनमार्कलाई हराउँदै फ्रान्सको बन्यो नकआउट चरणमा पुग्ने पहिलो टोली



पहिलोपोस्ट

एम्बापेको दोहोरो गोलमा डेनमार्कलाई हराउँदै फ्रान्सको बन्यो नकआउट चरणमा पुग्ने पहिलो टोली
Photo: Kim Hong-J/REUTERS

फिफा विश्वकप २०२२ मा फ्रान्स नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ। कतारमा जारी विश्वकपको समूह 'डी' को खेलमा डेनमार्कलाई २-१ गोलले हराएसँगै फ्रान्सले नकआउट चरणमा स्थान सुरक्षित गरेको हो। यसअघि फ्रान्सले अस्ट्रेलियामाथि ४-१ गोलको जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गरेको थियो।

रास अबोउ अबोउड स्टेडियममा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। खेलको ६१ औं मिनेटमा थियो हर्नान्डेजको पासमा किलियन एम्बाप्पेको गोल गर्दै खेलमा अग्रता बनाएका थिए। त्यसअघि पनि गोलका राम्रा अवसर बनाएका उनी फिनिसिङ चुकेका थिए।

तर, खेलको ६८ औं मिनेटमा आन्द्रेस क्रिस्टेनसेनले गोल फर्काउँदै डेनमार्कलाई खेलमा फर्काएपछि खेल थप रोमाञ्चक बनेको थियो। ८६ औं मिनेटमा एम्बाप्पेले नै एन्टोनी ग्रिजमनको पासमा गोल गर्दै फ्रान्सको अग्रता फेरि बनाए। उनको यो गोल फ्रान्सलाई जित दिलाउन पर्याप्त रह्यो।

योसँगै कतार विश्वकप २०२२ मा समूह चरण पार गर्ने पहिलो टोली साविक विजेता फ्रान्स बनेको छ। फ्रान्स सर्वाधिक ६ अंक जोड्दै समूह 'डी' को शीर्षस्थानमा रहँदा तीन अंक जोडेको अस्ट्रेलिया दोस्रो र समान १ अंक जोडेका डेनमार्क र ट्युनिसिया तेस्रो र चौथो स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell