PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

मेक्सिकोमाथि मेस्सी प्रेरित अर्जेन्टिनाको सानदार जित



पहिलोपोस्ट

मेक्सिकोमाथि मेस्सी प्रेरित अर्जेन्टिनाको सानदार जित
Photo: FIFA

फिफा विश्वकप अन्तर्गत आज सम्पन्न खेलमा समूह 'सी' को खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई हराएको छ। लुसइल स्टेडियममा सम्पन्न खेलमा अर्जेन्टिनाले मेक्सिकोमाथि २-० गोलको जित निकाल्दै नकाउट चरण पुग्ने सम्भावना बलियो बनाएको हो। पहिलो खेलमा साउदी अरबसँग २-१ गोलले पराजय ब्यहोरेको अर्जेन्टिना आजको खेलमा जित्न पर्ने दवाबका साथ मैदान उत्रिएको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा अर्जेन्टिनालाई लियोनल मेस्सीले अग्रता दिलाएका थिए। खेलको ६४ औं मिनेटमा मेस्सीले एन्जल डी मारियाको पासमा २५ यार्ड बाहिरबाट गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। त्यस्तै दोस्रो गोल सब्सिच्युड खेलाडीका रुपमा मैदान प्रवेश गरेका २१ वर्षे युवा खेलाडी इन्जो फर्नान्डेजले मेस्सीको पासमा खेलको ८७ औं मिनेटमा गरे। ८८ हजार ९ सय ६६ दर्शकबीच मेक्सिकोले अर्जेन्टिनालाई खेलअवधि भर दवाब दिए पनि गोल गर्न भने सफल भएन।

जितसँगै समूह 'सी'मा अर्जेन्टिना २ खेलबाट ३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। शीर्षस्थानमा ४ अंक जोडेको पोल्याण्ड छ भने तेस्रो स्थानमा तीन अंक जोडेको साउदी अरब र पुछारमा एक अंक जोडेको मेक्सिको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell