PahiloPost

May 19, 2025 | ६ जेठ २०८२

समानुपातिकमा एकीकृत समाजवादीले कटायो २ लाख मत, अन्य पार्टीको कति मत आयो?



पहिलोपोस्ट

समानुपातिकमा एकीकृत समाजवादीले कटायो २ लाख मत, अन्य पार्टीको कति मत आयो?

काठमाडौं : मंसिर ४ मा सम्पन्न निर्वाचनको परिणाम आउने क्रम जारी छ। पछिल्लो अपडेटअनुसार प्रतिनिधिसभातर्फ प्रत्यक्षमा नेपाली कांग्रेसले सबैभन्दा धेरै सिट जितेको छ। नेकपा (एमाले) कांग्रेसलाई पछ्याइरहेको छ भने तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र) रहेको छ।

नेकपा (एकीकृत समाजवादी) १० सिटका साथ चौथो स्थानमा छ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ भने एमालेले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ। निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार एमालेले २२ लाख ७५ हजार ६५० मत प्राप्त गरेको छ। कांग्रेसले २१ लाख ७० हजार ६९८ मत पाउँदै दोस्रो स्थानमा छ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ९ लाख ५२ हजार ५०० मत पाउँदा चौथो स्थानमा झरेको राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख १५ हजार १६३ मत प्राप्त गरेको छ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८३ हजार ६६१, जनता समाजवादी पार्टी, नेपालले २ लाख ७४ हजार १८० र एकीकृत समाजवादीले २ लाख १४ हजार २८६ मत पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell