PahiloPost

May 19, 2025 | ६ जेठ २०८२

विश्वकपमा पहिलो गोल गरेका लेवान्डोस्की भन्छन् : ‘बाल्यकालको सपना’ पूरा भयो



पहिलोपोस्ट

विश्वकपमा पहिलो गोल गरेका लेवान्डोस्की भन्छन् : ‘बाल्यकालको सपना’ पूरा भयो

रोबर्ट लेवान्डोस्कीले पोल्याण्डका लागि विश्वकपमा गोल गरेर आफ्नो ‘बाल्यकालको सपना’ पूरा गरेको बताएका छन्

गएराति साउदी अरेबियालाई २-० ले पराजित गर्दा बार्सिलोनाका स्टार लेवान्डोस्कीले पोल्याण्डको लागि दोस्रो गोल गरेका हुन्। मेक्सिकोसँगको गोलरहित बराबरी भएको खेलमा उनी पेनाल्टीमा चुकेको चार दिनपछि विश्वकपमा आफ्नो पहिलो गोल दर्ता गरेका हुन्।

आफ्नो देशको लागि गोल गरेपछि लेवान्डोस्की भावुक भएका थिए। उनको गोलले नकआउट चरणमा पुग्ने आशा जीवित रहेको सुनिश्चित गरेको थियो।

‘मलाई लाग्छ कि जति उमेर बढ्दै गयो म उति नै धेरै भावनात्मक हुन्छु, र वास्तवमा यो मेरो अन्तिम विश्वकप हुन सक्छ,’ ३४ वर्षीय लेवान्डोस्कीले भने, ‘मैले गोल गरेपछि बाल्यकालको मेरो सपना पूरा भए।’

एजुकेसन सिटी स्टेडियममा सम्पन्न समूह ‘सी’को खेलमा पोल्याण्डले साउदी अरेबियामाथि २-० गोलअन्तरले हराएको हो। एसियाली राष्ट्र साउदीले आफ्नो पहिलो खेलमा अर्जेन्टिनालाई २-१ गोलअन्तरले हराउँदै सुखद सुरुवात गरे पनि जितको शृङखललाई निरन्तरता दिन सकेन।

पिओट्र जिलिन्स्कीको गोलमा ३९औँ मिनेटमा अग्रता बनाएको पोल्याण्ड पहिलो हाफमा एक गोलले अघि रह्यो। पहिलो हाफको इन्ज्युरी समयमा पाएको पेनाल्टीको अवसरमा सलिम अल्दाव्सरी चुक्दा खेलमा फर्कने अवसरबाट साउदी चुक्यो।

दोस्रो हाफमा पटक-पटक आक्रमण गरेर पनि फिनिसिङमा चुक्दा साउदी खेलमा फर्कन सकेन। पोल्याण्डका कप्तान लेवान्डोस्कीले ८२औँ मिनेटमा गोल थपे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell