PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

रामेछापमा कांग्रेसका कान्छाराम निर्वाचित, प्रदेश पनि गठबन्धनको पक्षमा



पहिलोपोस्ट

रामेछापमा कांग्रेसका कान्छाराम निर्वाचित, प्रदेश पनि गठबन्धनको पक्षमा

काठमाडौं : रामेछापमा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी भएका छन्।

कांग्रेसका तामाङ ४७ हजार ९८ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। तामाङका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार कैलाश प्रसाद ढुङ्गेलले ३० हजार ७ सय २९ मत गरे।

यस्तै, प्रदेश (क)मा नेकपा (माओवादी केन्द्र)का उमेदवार तारानारायण श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले १७ हजार १ सय ४८ मत प्राप्त गरे।
निकटतम प्रतिद्वन्द्वी एमालेका शान्ति पौडेलले १५ हजार १ एक सय ५७ प्राप्त गरिन्।

त्यस्तै, प्रदेश (ख)मा गठबन्धनका तर्फका उमेदवार माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज चौलागाईंले एमालेमा मिलन कुमार घिसिङलाई पराजित गरे। चौलागाईंले २१ हजार २ सय ३९ मत प्राप्त गर्दा घिसिङले १७ हजार ४ सय १३  मत प्राप्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell