PahiloPost

Jan 23, 2026 | १० माघ २०८२

बुद्ध एयरको विमानमा काठमाडौंबाट विराटनगर जान लागेका भारतीय नागरिकको साथमा भेटियो १३ लाख ८९ हजार रुपैयाँ, स्रोत खोल्न नसक्दा हिरासतमा



पहिलोपोस्ट

बुद्ध एयरको विमानमा काठमाडौंबाट विराटनगर जान लागेका भारतीय नागरिकको साथमा भेटियो १३ लाख ८९ हजार रुपैयाँ, स्रोत खोल्न नसक्दा हिरासतमा

काठमाडौं : स्रोत नखुलेको रकमसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

विमानस्थलको आन्तरिक उडानतर्फबाट स्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको नगद १३ लाख ८९ हजार रुपैयाँ सहित भारत घर भएका अकबाल अलीलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको हो।

बुद्ध एयरको उडानबाट विराटनगर जान लागेको अवस्थामा विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा १ हजार दरको ४८४ थान र ५०० दरको १ हजार ८१० थान समेत गरि जम्मा १३ लाख ८९ हजार रुपैयाँ नगद सहित फेला पारी उनलाई  पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell