वरुण धवन र कृति सेनन अभिनित बलिउड फिल्म 'भेडिया' ले दुईदिनमा भारतभर १७ करोड भारतीय रुपैयाँ कलेक्सन गरिसकेको छ। गत शुक्रवार रिलिज भएको यस फिल्मले दर्शकबाट राम्रै प्रतिक्रिया पाइरहेको छ।
प्रदर्शनको पहिलो दिन शुक्रबार फिल्मले ७.४८ करोड रुपैयाँ कलेक्सन गरेको थियो। शनिबार भने फिल्मले भारतभर ९.५७ करोड भारतीय रुपैयाँ कलेक्सन गर्न सफल भयो।
त्यसैगरि, शुक्रवार फिल्मले विश्वभर १२.०६ करोड र दोस्रो दिन १४.६० करोड भारतीय रुपैयाँको व्यापार गरेको फिल्म निर्माताले बताएका छन्। ग्रस कलेक्सन पहिलो दिन २८ प्रतिशतले वृद्धि भएको छ।
जियो स्टुडियोज र दिनेश भिजनको प्रस्तुति रहेको फिल्ममा वरुण र कृतिका साथै दीपक डोबरियाल, अभिषेक बनर्जी लगायतको अभिनय छ। स्त्री’ जस्ता कमेडी हरर फिल्म बनाउने अमर कौशिकले यो फिल्मलाई निर्देशन गरेका हुन्।