PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

पहिलो खेलमा जर्मनीलाई हराएको जापान दोस्रो खेलमा कोस्टारिकासँग पराजित



पहिलोपोस्ट

पहिलो खेलमा जर्मनीलाई हराएको जापान दोस्रो खेलमा कोस्टारिकासँग पराजित
Darko Bandic/AP Photo

फिफा विश्वकप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा कोस्टारिकाले जापानलाई पराजित गरेको छ। अहमेद बिन अली स्टेडियममा सम्पन्न समूह 'ई' को खेलमा एसियाली मुलुक जापान १-० गोलअन्तरले कोस्टारिकासँग पराजित भएको हो।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको खेलमा कोस्टारिकालाई जित दिलाउन किशेर फुलेरले निर्णायक गोल गरे। उनले खेलको ८१ औं मिनेटमा गोल गर्दा खेलअवधिभर पकड बनाएर पनि जापान १-० गोलअन्तरले पराजित हुन पुगेको हो। यसअघिको खेलमा कोस्टारिका स्पेनसँग ७-० गोलको फराकिलो अन्तरले पराजित भएको थियो।

समूह 'ई' मा यसअघि जापानले जर्मनीमाथि २-१ गोलको सनसनीपूर्ण जित निकाल्दै सानदार सुरुवात गरेको थियो। आजै हुने यही समूहको अर्को खेलमा स्पेन र जर्मनी भिड्नेछ्न। आजको खेलसँगै स्पेन, जापान र कोस्टारिका समान ३ अंक जोडेर शीर्ष तीनमा छन् भने अंकविहीन जर्मनी तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell