PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

दोलखाका १० ठाउँमा पुन: निर्वाचन हुने



प्रकाश भण्डारी

दोलखाका १० ठाउँमा पुन: निर्वाचन हुने

काठमाडौं : दोलखाका १० वटा मतादान केन्द्रमा फेरि निर्वाचन हुने भएको छ। निर्वाचन आयोगको टोलीले स्थलगत अध्ययन गरेपछि १० वटा ठाउँमा निर्वाचन गर्ने निचोडमा आयोग पुगेको हो।

आयोगको सो टोलीले आज मात्रै प्रतिवेदन बुझाएको एक निर्वाचन आयुक्तले जानकरी दिए।

दोलखा-१ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण शिवाकोटीले चुनावमा धाँधली भएको भन्दै आयोगमा उजुरी दिएपछि उक्त क्षेत्रका विभिन्न ठाउँमा मत गणना हुन सकेको थिएन। एमालेले पुन: मतगणनाको माग राख्दै दोलखामा विरोध जनाउँदै आएको थियो। दोलखामा बुथ क्याप्चर भएका भिडियो समेत सामाजिक संजालमा भाइरल भएका थिए।

यता, स्याङजा-२ मा पनि मतगणना रोकिएको छ। यो क्षेत्रको विवाद बारे के गर्ने भन्नेबारेमा आयोगको टोलीले अध्ययन गरिरहेको छ। तर उक्त क्षेत्रको प्रतिवेदन आइनसकेको निर्वाचन आयोगले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell