A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6aad2c3b501ed3.55370270): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6aad2c3b501ed3.55370270,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6aad2c40bf89a9.46275970): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6aad2c40bf89a9.46275970,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

चुनाव हारेका मन्त्रीले किन दिएनन् नैतिकताका आधारमा राजीनामा?
PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

चुनाव हारेका मन्त्रीले किन दिएनन् नैतिकताका आधारमा राजीनामा?



प्रकाश भण्डारी

चुनाव हारेका मन्त्रीले किन दिएनन् नैतिकताका आधारमा राजीनामा?

काठमाडौं : मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट सरकारमा सहभागी रहेका १८ जना मन्त्रीमध्ये आइतवार साँझ सम्मको नतिजाअनुसार ६ जना मन्त्री पराजित भएका छन्। सरकारमा सहभागी रहेका मन्त्रीहरुले चुनाव हारे पनि नैतिकताको आधारमा राजीनामा गर्न अस्वीकार गरिरहेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार चुनावको मिति घोषणा गरेसँगै कामचलाउ भइसकेको थियो। यसअघि नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टी महाधिवेशनमा पराजित भएपछि रक्षा मन्त्रीबाट राजीनामा गरेका थिए। अहिले मन्त्रीहरुले प्रतिनिधिसभाको चुनाव नै हार्दा पनि मन्त्रीकै पदमा निरन्तरता दिइरहेका छन्।

जो मन्त्री भएर चुनाव हारे

गृहमन्त्री बालकृष्ण खाण रुपन्देही-३ बाट प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका छन्। कांग्रेसका तर्फबाट उम्मेदवार बनेका खाण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का  उम्मेदवार दीपक बोहोरासँग पराजित भएका हुन्। बोहोराले ३६ हजार ७१७ मत ल्याएर विजयी हुँदा खाणले ३४ हजार ३६ मत ल्याए।

हार्ने मन्त्रीहरुकै सूचीमा नेकपा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी भएकी उर्जा, जलश्रोत तथा सिँचाई मन्त्री पम्फा भुसाल पनि छिन्। ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार डा. तोसिमा कार्कीसँग भुसाल पराजित भइन्। कार्की ३१ हजार १३६ मत ल्याएर निर्वाचित हुँदा भुसालको भागमा ८ हजार ७६९ मत मात्रै रह्यो। २०७४ सालको निर्वाचनमा भुसाल सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन्।

नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ पनि प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका छन्। काठमाडौं-८ मा श्रेष्ठ ४ हजार ८८१ मत ल्याएर रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठसँग पराजित भए। विराजभक्तले १० हजार ११२ मत ल्याए। २०७४ सालको निर्वाचनमा जीवनराम काठमाडौं ८ बाट निर्वाचित भएका थिए।

प्रतिनिधिसभाको निर्वाचनमा पराजित हुने अर्का मन्त्री हुन खानेपानी मन्त्री उमाकान्त चौधरी। ३० हजार ५६ मत ल्याएर बारा-१ बाट चौधरी पराजित भएका छन्। उनी नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार थिए। एमालेका अच्युत प्रसाद मैनालीले ३९ हजार १६५ मत ल्याएर चौधरीलाई हराएका हुन्।

राज्यमन्त्री उमेश श्रेष्ठ पनि पराजित हुने मन्त्रीकै सूचीमा पर्छन्। चितवन-२ मा रास्वपाका उम्मेदवार रवी लामिछानेसँग श्रेष्ठ पराजित भएका हुन्। लामिछानेले ४९ हजार ३०० मत ल्याएर निर्वाचित हुँदा श्रेष्ठले १४ हजार ९८८  मत मात्रै ल्याए।

यस्तै, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज पनि निर्वाचनमा पराजित भएका छन्। बाँके -१ बाट उम्मेदवार भएका उनले १९ हजार ६३२ मत ल्याएका थिए। सो क्षेत्रबाट एमालेका सूर्यप्रसाद ढकालले २५ हजार २६ मत ल्याएर निर्वाचित भएका छन्।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र सुनसरी-४ मा मतगणना भने हाललाई रोकिएको छ। कार्कीले पुन: मत गणना गर्नुपर्ने माग गरेपछि उक्त क्षेत्रमा अहिले मतगणना रोकिएको हो।

परराष्ट्रमन्त्री नारायण खड्काले उदयपुर-१ मा अग्रता कायम गरिरहेका छन्।

मन्त्री भएर जसले चुनाव जिते

देउवा सरकारको क्याबिनेटमा रहेका मन्त्रीहरुमा चुनाव जित्ने मन्त्री हुन् नेकपा माओवादी केन्द्रका तर्फबाट अर्थमन्त्री रहेका जनार्दन शर्मा। रुकुम पश्चिम-१ बाट प्रतिनिधि सभाको निर्वाचनमा शर्माले ३९ हजार ५४९ मत ल्याएर चुनाव जिते। एमालेका नन्दराम देवकोटाले १२ हजार ९६१ मत ल्याएका थिए।

उद्योग, वाणिज्य तथा आपूर्ति दिलेन्द्र प्रसाद बडुले पनि चुनाव जितेका छन्। दार्चुला-१ बाट एमालेका उम्मेदवार गणेश सिंह ठगुन्नालाई पराजित गर्दै बडु निर्वाचित भएका हुन्। बडुले २८ हजार ५१५ र ठगुन्नाले २६ हजार ३८१ मत ल्याए।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले पनि चुनाव जितेका छन्। प्रतिनिधिसभामा बागलुङ-१ बाट पौडेलले २४ हजार ७९४ मत ल्याएर निर्वाचित भएका हुन्। एमालेकी मन्जु शर्मा २० हजार १९३ मत ल्याएर पराजित भइन।

सहरी विकासमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरी दाङ-१ बाट प्रतिनिधिसभा सदस्यमा २६ हजार ५७६ मत ल्याएर विजयी भएका छन्। एमालेकी शान्ता चौधरीले २१ हजार ४९३ मत मात्र ल्याइन।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर पनि अछाम-१ बाट १९ हजार ५३४ मत ल्याएर निर्वाचित भए। नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार रहेका कुँवरले एमालेका उम्मेदवार झपट बोहोरालाई पराजित गरेका हुन्। बोहोराले १५ हजार ४५ मत ल्याए।

प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचित भएका छन्। 

किन गरेनन् राजीनामा?

चुनाव हारेपछि पदमा बसिरहेका मन्त्रीहरुले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग उठिरहेको छ। तर, मन्त्रीहरु भने तत्काल नै राजीनामा दिने मनस्थितिमा छैनन्। नयाँ सरकार निर्माण हुन अझै करिब एक महिना लाग्ने देखिन्छ। त्यो बेलासम्म नै पराजित मन्त्रीहरु नै क्याबिनेटमा बस्दा नैतिकताको प्रश्न उठेको छ।

तर, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले भने कामचलाउ सरकार भएकाले चुनाव हार्दा मन्त्रीले राजीनामा दिनु नपर्ने तर्क गरेका छन्।

‘प्रधानमन्त्रीले नै हार्न सक्छ नि तर फरक परिरहेको हुँदैन। यो काम चलाउ सरकार न हो। अब त नयाँ सरकार आइहाल्छ नि,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell