PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

समानुपातिकमा एकीकृत समाजवादीलाई पछि पार्‍यो जनमत पार्टीले



पहिलोपोस्ट

समानुपातिकमा एकीकृत समाजवादीलाई पछि पार्‍यो जनमत पार्टीले

काठमाडौं : समानुपातिक मतगणनामा नेकपा एकीकृत समाजवादीलाई सिके राउत नेतृत्वको जनमत पार्टीले पछि पारेको छ। ८९ लाख ९६ हजार मत गनिसक्दा जनमतले २ लाख ४१ हजार ६६ मत पाएको छ।

निर्वाचन आयोगको पछिल्लो डाटाअनुसार एकीकृत समाजवादीले २ लाख ४० हजार ९१९ मतमात्र पाएको छ। एकीकृत समाजवादीलाई नागरिक उन्मुक्ति पार्टीले पछ्याइरहेको छ।

अहिलेसम्मको मत हेर्दा नेकपा एमाले २४ लाख ५७ हजार ८३६ मतका साथ पहिलो नम्बरमा छ। कांग्रेसले २३ लाख ४१ हजार १२२ मत पाउँदै दोस्रो स्थानमा छ। यसैगरी माओवादी केन्द्रले १० लाख २७ हजार ७०३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख १२ हजार ९६४ मत पाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell