PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चुनाव हारेका पर्यटनमन्त्री विश्वकप हेर्न कतार जाँदै, नेपाल वायुसेवा निगमको खर्चमा भ्रमण



वसन्तराज उप्रेती

चुनाव हारेका पर्यटनमन्त्री विश्वकप हेर्न कतार जाँदै, नेपाल वायुसेवा निगमको खर्चमा भ्रमण

काठमाडौंः काठमाडौं ८ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका पर्यटनमन्त्री जीवनराम श्रेष्ठ नेपाल वायुसेवा निगमकै खर्चमा विश्वकप हेर्न दोहा जाने भएका छन्।

चुनावमा हार व्यहोरेकाले नैतिकताका आधारमा पद छाड्न दबाब भइरहेका बेला मन्त्री विश्वकप हेर्न विदेश जान लागेका हुन्। निगमको भत्ता सुविधासँगै विजनेश क्लासमार्फत दोहा जान लागेको हुन्।

मन्त्री श्रेष्ठ ५ हजार २३१ मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पराजित भएका थिए। श्रेष्ठले ४ हजार ८८१ मत ल्याएका थिए। विराजले १० हजार ११२ मत ल्याएका थिए।

स्रोतका अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको अनुगमनमा जान भन्दै मन्त्री श्रेष्ठलाई दोहाको टिकट उपलब्ध गराउन पत्राचार गरिएको छ। यो भ्रमणमा उनले प्रयोग गरेको हवाई यातायात, खानपिन, बसाईँ लगायतको खर्च निगमको हुनेछ।

'उहाँ नेपाली खेलाडी समूहसँग जान लाग्नुभएको हो। नेपाल वायुसेवा निगमको तर्फबाट अनुगमन प्रतिनिधिको रुपमा उहाँ जान लाग्नुभएको पत्रमा उल्लेख गरिएको छ,' मन्त्रालयका एक कर्मचारीले बिजमाण्डूसँग भने,' पदमुक्त हुने बेलामा मन्त्रीज्यू निगमकै खर्चमा यसरी जानु अशोभनीय छ।'

उनका अनुसार खेलाडीसँगै जान लागेका मन्त्री श्रेष्ठ मंगलबार गएर शुक्रबार स्वदेश फर्किनेछन्। यो उडानको दुईतर्फी भाडादर एक लाख ५० हजार रुपैयाँ रहेको उनले जानकारी दिए।

मन्त्री श्रेष्ठले ओलम्पिकको अध्यक्षहरुलाई बोलाएकोले विश्वकप हेर्न जान लागेको स्वीकार गरे।

'केही समय अगाडि ओलम्पिक प्रेसिडेन्टहरुलाई विश्वकप हेर्न आमन्त्रण गरिएको थियो। यसअघि समय अनुकूल थिएन,' उनले भने, 'केही दिनपछि विश्वकप हेर्न कतार जाँदैछु।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell