PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

हेबिवेट बेल्जियममाथि मोरोक्कोको रोमाञ्चक जित



पहिलोपोस्ट

हेबिवेट बेल्जियममाथि मोरोक्कोको रोमाञ्चक जित
Photo: Reuters

फिफा विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा मोरोक्कोले बेल्जियमलाई हराएको छ। अल थुममा स्टेडियममा सम्पन्न खेलमा समूह 'एफ' को खेलमा मोरोक्कोले फिफा वरीयताको दोस्रो स्थानमा रहेको बेल्जियममाथि २-० गोलको जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा अब्दिलहमिद सबिरीले ७३ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता बनाएका थिए। त्यस्तै इन्ज्युरी समयमा जाकैरा अबोउख्लाले गोल थप्दा अधिकांश समय बेल्जियमको पकडमा रहेको खेलमा मोरोक्कोले २-० गोलको अप्रत्यासित जित निकाल्ने सफल भयो।

यसअघिको खेलमा बेल्जियमले क्यानडालाई १-० गोलले हराउँदै सुखद सुरुवात गरेको थियो। मोरोक्को भने आफ्नो पहिलो खेलमा क्रोएसियासँग बराबरीमा रोकिएको थियो। आजै हुने समूह 'एफ' को अर्को खेलमा क्रोएसिया र क्यानडा भिड्नेछन्।

समूह 'एफ' मा बेल्जियम, मोरोक्को, क्रोएसिया र क्यानडा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell