PahiloPost

Mar 28, 2026 | १४ चैत्र २०८२

माओवादीलाई उछिन्दै राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकमा पुनः तेस्रो, एकीकृत समाजवादी ‘थ्रेसहोल्ड’मै संघर्षरत



पहिलोपोस्ट

माओवादीलाई उछिन्दै राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकमा पुनः तेस्रो, एकीकृत समाजवादी ‘थ्रेसहोल्ड’मै संघर्षरत

काठमाडौँः प्रतिनिधि सभाको समानुपातिक मतगाणनामा राष्ट्रिय स्वतन्त्र पार्टी पुनः तेस्रो स्थानमा आएको छ। करिब ९१ लाख मतगणना सम्पन्न हुँदा माओवादी केन्द्रलाई पछि पार्दै स्वतन्त्र पार्टी तेस्रो स्थानमा उक्लिएको हो। 

जारी गणनामा एमालेले सबैभन्दा बढी मत पाएको पहिलो स्थानमा छ। एमालेले आइतबार राति १० बजेसम्म २४ लाख ७९ हजार ९०० मत पाएको छ। यस्तै, दोस्रोमा रहेको नेपाली कांग्रेसले २३ लाख ५७ हजार ८१७ मत पाएको छ। तेस्रोमा उक्लिएको स्वतन्त्र पार्टीको १० लाख ४९ हजार २८३ मत रहेको छ। 

यस्तै चौथोमा झरेको माओवादी केन्द्रको १० लाख ३७ हजार ८४३ मत रहेको छ। माओवादी केन्द्रभन्दा स्वतन्त्र पार्टी ११ हजार ४४० मतले अघि लागेको हो। 

पाँचौँमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ३७ हजार ८७६ मत पाएको छ। जनता समाजवादी पार्टी ३ लाख ९ हजार ५८९ मतसहित छैटौँ स्थानमा छ। 

जनमत पार्टी २ लाख ४३ हजार र नेकपा (एकीकृत समाजवादी) २ लाख ४२ हजार मतसहित क्रमशः सातौँ र आठौँ स्थानमा रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell