PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

बराबरीमा रोकिए स्पेन र जर्मनी



पहिलोपोस्ट

बराबरीमा रोकिए स्पेन र जर्मनी
Photo: FIFA

फिफा विश्वकप अन्तर्गत आज राति सम्पन्न खेलमा स्पेन र जर्मनी बराबरीमा रोकिएका छन्। अब बायत स्टेडियममा सम्पन्न खेलमा समूह 'ई' को खेलमा सब्सिच्युड खेलाडीका रुपमा मैदान पसेका निक्लास फुलक्रुगले अन्तिम समयमा गोल फर्काउँदा जर्मनी हारबाट जोगिएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ६२ औं मिनेटमा अल्भारो मोराटाको गोलमा स्पेनले अग्रता बनाएको थियो। तर, सब्सिच्युड खेलाडीका रुपमा थोमस मुलरको स्थानमा ७० औं मिनेटमा मैदान प्रवेश गरेका फुलक्रुगले ८३ औं मिनेटमा जमल मुसिआलाको पासमा गोल फर्काउँदा अधिकांस समय खेलमा पकड बनाएको स्पेन जर्मनीसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

विश्वकपमा स्पेनले कोस्टारिकामाथि ७-० गोलको फराकिलो जित निकाल्दै सानदार सुरुवात गरेको थियो भने जर्मनीले आफ्नो पहिलो खेलमै एसियाली राष्ट्र जापानसँग २-१ गोलको अप्रत्यासित हार ब्यहोरेको थियो। आइतवार नै सम्पन्न यही समूहको अर्को खेलमा जापान कोस्टारिकासँग १-० गोलअन्तरले पराजित भएको थियो।

योसँगै समूह 'ई' को प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गएको छ। शीर्षस्थानको स्पेनको ४ अंक छ भने दोस्रो र तेस्रो स्थानका जापान र कोस्टारिकाको समान ३ अंक। पुछारमा रहेको जर्मनीले १ अंक जोड्दा सबै टोलीले नकआउट प्रवेशको सम्भावनालाई जीवित राखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell