PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

समानुपातिकमा कांग्रेसभन्दा एमाले एक लाख बढि मतले अघि, एकीकृत समाजवादीको मत कति?



पहिलोपोस्ट

समानुपातिकमा कांग्रेसभन्दा एमाले एक लाख बढि मतले अघि, एकीकृत समाजवादीको मत कति?

काठमाडौं : मंसिर ४ मा सम्पन्न निर्वाचनको परिणाम आउने क्रम जारी छ। पछिल्लो अपडेटअनुसार प्रतिनिधिसभातर्फ प्रत्यक्षमा नेपाली कांग्रेसले सबैभन्दा धेरै सिट जितेको छ। नेकपा (एमाले) दोस्रो र तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ।

नेकपा (एकीकृत समाजवादी) १० सिटका साथ चौथो स्थानमा छ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ भने एमालेले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ। निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार एमालेले २५ लाख २५ हजार ९९ मत प्राप्त गरेको छ। कांग्रेसले २३ लाख ९२ हजार २४२ मत पाउँदै दोस्रो स्थानमा छ।

यसअघि, चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रोमा उक्लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६१ हजार ७५८ पाउँदा चौथो स्थानमा झरेको माओवादी केन्द्रले १० लाख ९६ हजार ७८२ मत प्राप्त गरेको छ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४४ हजार ६४९, जनता समाजवादी पार्टी, नेपालले ३ लाख १९ हजार ४६८, जनमत पार्टीले २ लाख ५६ हजार ४६ र एकीकृत समाजवादीले २ लाख ४९ हजार २९२ मत पाएका छन्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell