PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

रामचन्द्र पौडेललाई माधव नेपालले भने : अबको प्रधानमन्त्रीको हकदार तपाईँ नै हो



पहिलोपोस्ट

रामचन्द्र पौडेललाई माधव नेपालले भने : अबको प्रधानमन्त्रीको हकदार तपाईँ नै हो

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालबिच भेटवार्ता भएको छ। दुई नेताबिच नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको पौडेलको सचिवालयले जनाएको छ।

भेटका क्रममा गठबन्धनलाई कायम राख्नेबारे छलफल भएको बताइएको छ। पौडेलले प्रधानमन्त्रीको लागि सहयोग गर्न नेपालसँग आग्रह गरेका थिए।

जवाफमा नेपालले पौडेललाई सहयोगको आश्वासन दिएका छन्। नेपाल भने, ‘समकालीन सबै पीएम भए तपाईँ बाँकी हो।’

नेपालले यो गठबन्धन बनाउन योगदान भएको भन्दै अहिले प्रधानमन्त्रीको हकदार पौडेल भएको बताएको पौडेलको सचिवालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell