PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

मोरोक्कोले विश्वकपमा पराजित गरेपछि बेल्जियम र नेदरल्यान्ड्समा दंगा



पहिलोपोस्ट

मोरोक्कोले विश्वकपमा पराजित गरेपछि बेल्जियम र नेदरल्यान्ड्समा दंगा
Image: Yves Herman/REUTERS

विश्वकप फुटबलमा मोरोक्कोसँग पराजय ब्यहोरेपछि युरोपियन राष्ट्रहरु बेल्जियम र नेदरल्यान्ड्समा दंगा भएको छ। हिजो बेल्जियम मोरोक्कोसँग २-० गोल अन्तरले पराजित भएको थियो। हारपछि बेल्जियम र नेदरल्यान्ड्सका केही शहरहरुमा प्रदर्शन भएको हो।

प्रदर्शनकारीहरुले पसलका तोडफोड गर्नुका साथै गाडीहरुमा आगजनीसमेत गरेका छन्। ब्रसल्स र एन्टवर्प शहरमा प्रदर्शनमा उत्रिएका करिब २० जनाभन्दा बढीलाई पक्राउ गरिएको छ। बेल्जियममा पाँच लाखभन्दा बढी मानिस मोरोक्कोका छन्।  

यस्तै, नेदरल्यान्ड्सका शहरहरुमा पनि हारको विरोधमा प्रदर्शन र आगजनी गरिएको छ। परिस्थितिलाई नियन्त्रणम लिन अहिले त्यहाँ दंगा प्रहरी खटाइएको छ। करिब ५०० जनाको समूहमा प्रदर्शनमा उत्रिएका व्यक्तिहरुले आतिसबाजी गर्नुका साथै आगजनी गरेको नेदरल्यान्ड्स प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell