
इरान र अमेरिकाबिचको राजनीतिक द्वन्द्व अहिले फुटबलको मैदानसम्म पुगेको छ। कतारमा जारी फिफा विश्वकपमा यी दुई राष्ट्रबीचको लफडा फेरि सुरु भएको छ। समूह 'बी' मा यी दुई टोली इङ्ग्ल्याण्ड र वेल्ससँग रहेको छ। अमेरिका र इरान दुबैले आफ्ना पहिला दुई खेलमा इङ्ग्ल्याण्ड र वेल्ससँग भिडिसकेका छन्। अब बुधवार खेल छ इरान र अमेरिकाबिच।
मैदानमा खेल हुनु अघि नै फ यी दुई देशबीच तनावको अवस्था सुरु भइसकेको छ। अमेरिकी फुटबल संघले इरानमा भइरहेको हिजाव क्रान्तिको समर्थनमा इरानको राष्ट्रिय झण्डबाट 'अल्लाह' को संकेत चिह्न हटाएर सामाजिक सञ्जालमा पोस्ट गरेको छ। इरानले अमेरिकाको सो हर्कतलाई गैरव्यवसायिक काम भएको आरोप लगाएको छ।
'अमेरिकी फुटबल संघको इन्स्टाग्राम पेजले इरानी झण्डाबाट अल्लाह चिह्न हटाएको छ। यो एक अव्यवसायिक कार्य हो,' इरानी स्टेट समाचार एजेन्सी आईआरएनले भनेको छ, 'इरान फुटबल संघले फिफालाई इमेल पठाएर अमेरिकी संघलाई गम्भीर चेतावनी दिन माग गरेको छ।'
रिपोर्ट गरिएको उजुरीमा विश्व फुटबलको प्रशासकीय निकायबाट तत्काल सार्वजनिक प्रतिक्रिया आएको छैन।
By posting a distorted image of the flag of the Islamic Republic of #Iran on its official account, the #US football team breached the @FIFAcom charter, for which a 10-game suspension is the appropriate penalty.
— Tasnim News Agency (@Tasnimnews_EN) November 27, 2022
Team #USA should be kicked out of the #WorldCup2022 pic.twitter.com/c8I4i4z3Tv
अमेरिका र इरानले सन् १९८० मा कूटनीतिक सम्बन्ध तोडेका थिए।
अमेरिकाको फुटबल संघले आइतबार बिहान एक विज्ञप्तिमा 'आधारभूत मानव अधिकारको लागि लडिरहेका इरानका महिलाहरू' प्रति ऐक्यवद्धता जनाउँदै सामाजिक सञ्जाल खाताहरूमा आधिकारिक झण्डा नै परिवर्तन गर्ने निर्णय गरेको बताएको छ। २२ वर्षीया इरानी महिला महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा आन्दोलन चर्किएको छ।
इस्लामिक गणतन्त्रको झण्डामा रातो, सेतो र हरियो तीनवटा तेर्सो ब्यान्डहरू हुन्छन् जसको बीचमा लिपिमा 'अल्लाह' शब्द देखिन्छ।
अमेरिकी पुरुष टोलीको ट्विटर खाताले समूह चरणमा टोलीका खेलहरू सहितको ब्यानर देखाएको छ, जसमा इरानी झण्डाले हरियो, सेतो र रातो रंग मात्र बोकेको छ।
आइतबार दिउँसो, ट्विटर ब्यानरमा प्रतीकको साथ सामान्य झण्डा राखिएको थियो, र परिवर्तन गरिएको झण्डासहित फेसबुक र इन्स्टाग्राम पोस्टहरू हटाइएको थियो।
अमेरिकी फुटबल संघले भनेको छ: हामी इरानका महिलाहरूलाई हाम्रो समर्थन देखाउन २४ घण्टाको लागि हाम्रो ग्राफिक्स राखेका थियौं।
अर्कोतर्फ इरानले अमेरिकी फुटबल संघले फिफाको नियम उल्लंघन गरेको भन्दै कारवाहीको माग गरेको छ।
'फिफा चार्टरको उल्लङ्घन गरेको छ, जसको लागि १० खेलको निलम्बन उपयुक्त सजाय हो' इरानको राज्य नियन्त्रित समचार संस्था तस्निमले लेखेको छ।
फिफाले त्यस्तो कुनै कारबाही गर्ने अपेक्षा गरिएको छैन।
इरानमा चर्किएको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै इरानी खेलाडीले जारी विश्वकपको आफ्नो पहिलो खेलमा राष्ट्रिय गीत गाउन अस्वीकार गरेका थिए। यद्यपि, दोस्रो खेलमा भने उनीहरुले राष्ट्रिय गीत गाएका थिए। समूह 'बी' मा ४ अंक जोडेको इङ्ग्ल्याण्ड शीर्षस्थानमा रहँदा ३ अंक जोडेको इरान दोस्रो, २ अंक जोडेको अमेरिका तेस्रो र १ अंक जोडेको वेल्स चौथो स्थानमा छन्।