PahiloPost

Sep 1, 2026 | १६ भदौ २०८३

थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन डोजर लिएर पुग्यो महानगरको टोली, बस्तीमा डोजर छिर्न लागेपछि झडप

थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन डोजर लिएर पुग्यो महानगरको टोली, बस्तीमा डोजर छिर्न लागेपछि झडप

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौंः वाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरपालिकाका कर्मचारीहरू पुगेपछि थापाथलीस्थित सुकुम्वासी बस्ती तनावग्रस्त बनेको छ।

सरकारले बस्ती हटाउने भएपछि त्यहाँ बसोबास गर्दै आएका मानिसहरूले विरोधमा उत्रिएका छन्। झडप हुने सम्भावना बढेपछि बाक्लो सङ्ख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ। डोजर बस्तीमा छिरेपछि बस्तीमा बस्दै आएकाहरुले ढुङ्गामुढा गरेका छन्।

वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती नदीको किनारमा रहेको सुकुम्वासी बस्ती  हटाउने निर्णय गरेको विरोध गर्दै आएका थिए। उनीहरूले सरकारसँग बस्दै आएको क्षेत्रमै लालपुर्जा दिन र उठिबास नलगाउन पनि आग्रह गरेका छन्। सरकारले जबरजस्ती गरे आफूहरू प्रतिकारमा उत्रने उनीहरूको चेतावनी थियो। समितिले मंसिर ४ सम्म नदी किनारका बस्ती हटाउन नत्र महानगर र सरोकारवालासँगको समन्वयमा हटाउने भन्दै सूचना निकालेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell