PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

प्रेमिका करिश्मासँग सलोनले गरे बिहे



पहिलोपोस्ट

प्रेमिका करिश्मासँग सलोनले गरे बिहे

काठमाडौं : अभिनेता सलोन बस्नेत वैवाहिक बन्धनमा बाधिएका छन्। सलोनले प्रेमीका करिश्मा केसीसँग बिहे गरेका हुन्।

दुवै पक्षका परिवार, साथीभाइ, आफन्त र चलचित्रकर्मीहरुको उपस्थितिमा चन्दागिरि रिसोर्टमा विवाह समारोह भइरहेको छ।

सलोन र करिश्माले तीन वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्। करिश्मा नेपाल एयरलाइन्समा एयर होस्टेसको काम गर्छिन्।

होस्टल, ए मेरो हजुर २, ए मेरो हजुर ३ ए मेरो हजुर ४, यात्रा जस्ता फिल्मबाट चर्चा कमाएका सलोनको मुख्य भूमिका रहेको फिल्म ‘मीलन’ प्रदर्शनरत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell