PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

‘भगवत् गीता’ मा सुहाना थापाको जोडी खोज्न 'अडिसन' खुला



पहिलोपोस्ट

‘भगवत् गीता’ मा सुहाना थापाको जोडी खोज्न 'अडिसन' खुला

काठमाडौं : फिल्म ‘भगवत् गीता’ को लागि मुख्य अभिनेताको लागि अडिसन खुला गरिएको छ। फिल्ममा अभिनेत्री सुहाना थापाको जोडीको लागि अभिनेताको खोजी गरिएको हो।

अडिसनमा २० देखि २५ वर्ष उमेरका ‍युवाले सहभागी हुन पाउने फिल्मकी निर्देशक झरना थापाले बताएकी छिन्। फिल्मका लागि ८ देखि १० वर्ष उमेरका बालकलाकारका लागि पनि अडिसन खुला गरिएको छ। अडिसन दिन इच्छुकले आफ्नो बारेमा १ मिनेटको भिडियो बनाउँदै सुहाना इन्टरटेन्मेन्टको मेलमा पठाउन पर्नेछ।

कृष्ण जन्माष्टमीको अवसर पारेर यस फिल्मको 'टाइटल' घोषणासँगै प्रदर्शन मिति घोषणा गरिएको थियो। तर, अभिनेता फाइनल नभएपछि फिल्मको छायांकन सुरु हुन सकेको छैन।

केही अघि फिल्ममा सुहानाको जोडीको रुपमा अभिनेता धिरज मगर हुने चर्चा चलेको थियो। तर, पारिश्रमिकमा कुरा नमिलेपछि निर्माण टिमले अभिनेताको लागि अडिसन खुला गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell