PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

निर्वाचन अघि सूचना, मतदान पछि डोजर : धारिलो हतियार लिएर नाराबाजीमा उत्रिए सुकुम्बासी

निर्वाचन अघि सूचना, मतदान पछि डोजर : धारिलो हतियार लिएर नाराबाजीमा उत्रिए सुकुम्बासी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : मंसिर ४ गते तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघि नै थापाथलीमा रहेको सुकुम्बासी बस्तीमा हटाउने हल्ला चलेको थियो। तर, राजनीतिक दबाबबिच निर्वाचनको समयमा बस्तीमाथि डोजर चलेन। तर, सूचना दिएर त्यहाँ बसेकाहरुलाई घरटहरा हटाउन समय भने दिइयो। तर, वाग्मती नदी किनारमा रहेको घरटहरा हटेनन्।

अहिले निर्वाचनको अन्तिम मतपरिणाम आउन लाग्दा बस्तीमा डोजर चलाउने नीति काठमाडौं महानगरले लिएको छ। तरसुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरपालिकाको टोली थापाथली पुगेपछि अवस्था तनावग्रस्त भएको छ।

सडकको बिच भागमा टायर र काठ बालेर विरोधमा उत्रिएका सुकुम्बासीहरु धारिलो हतियार लिएर नै प्रदर्शनमा उत्रिएका छन्। खुकुरी लिएर उनीहरु बस्ती छेउमा नाराबाजी गरिरहेका छन्।

त्यसअघि बस्तीमा डोजर लिएर पुगेका नगर प्रहरीलाई सुकुम्बासीहरुले ढुंगा हानाहान गरेर भगाएको थियो।  



ट्रेन्डिङ पोस्ट

Ncell