PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

खसेका सयौं मतपत्र नभेटिएको झलनाथ खनालको आरोप, अदालत जाने चेतावनी



पहिलोपोस्ट

खसेका सयौं मतपत्र नभेटिएको झलनाथ खनालको आरोप, अदालत जाने चेतावनी

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू पराजित भएको निर्वाचनको परिणाम अस्वीकार गरेका छन्। सोमवार विज्ञप्ती जारी गर्दै खनालले निर्वाचन आयोगले निस्पक्ष निर्वाचन नगराएको आरोप लगाएका हुन्। इलाम-१ मा एमालेका महेश बस्नेत २५ हजार ७५३ मत ल्याएर निर्वाचित भएका छन् भने खनालले २३ हजार ८९ मतमात्र पाए।

खनालले आयोगविरुद्ध अदालत जाने चेतावनी दिएका छन्। 'मैले निर्वाचन अधिकृतले गराएको गणनाको नतिजालाई स्वीकार गर्न सकेको छैन। यस समस्याको समाधानका निम्ति कानुनी समाधान खोजिने नै छ,' खनालको भनाइ छ।

मतदानको प्रक्रिया शुरुदेखि नै स्वास्थ नरहेको खनालको दाबी छ। अनियमितता भएको मतपत्र नभेटिएको जस्ता आरोप खनालले निर्वाचन आयोगलाई लगाएका छन्। 'विभिन्न प्रकारका अनियमितता भएको, एउटा मतपेटिकामा मत हाल्नु पर्नेमा अर्कै मतपेटिकामा मत हालेको, कैयौं मतपेटिकामा खसेको मतगणना गर्दा सयौं मतपत्र नभेटिएको, सयौं मतपत्रहरु गायब भएको, कतिपय मत पेटिकामा खसेको मतभन्दा सयौं मत बढी भेटिएको जस्ता तथ्यहरूले मतदानको प्रक्रियामा योजनाबद्ध रुपमा अनियमितता भएको कुरा छर्लङ्ग पारेको छ,' खनालले भनेका छन्।

उनले प्रदेशतर्फ निर्वाचित उम्मेदवारलाई बधाई दिएका छन् भने प्रतिनिधि सभामा निर्वाचित भएका एमालेका बस्नेतलाई बधाई दिन अस्वीकार गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell