PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

सर्बिया र क्यामरुनको रोमाञ्चक बराबरी



पहिलोपोस्ट

सर्बिया र क्यामरुनको रोमाञ्चक बराबरी
Photo: Reuters

फिफा विश्वकप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा सर्बिया र क्यामरुन बराबरीमा रोकिएका छन्। अल जानउब स्टेडियममा सम्पन्न समूह 'जी'को खेलमा सर्बिया र क्यामरुन ३-३ गोलको बराबरीमा रोकिएका हुन्।

खेलको २९ औं मिनेटमा जिन चार्ल्स कास्टेलेटोले २९ औं मिनेटमा क्यामरुनलाई अग्रता बनाएको थियो। तर पहिलो हाफको इन्ज्युरी समयमा स्ट्राहिन्जा पाभ्लोभिच र सेरजेज मिलिनकोभिच साबिचले गोल गर्दा पहिलो हाफमा सर्बिया २-१ गोलअन्तरले अघि रह्यो।

दोस्रो हाफमा अलेक्जेन्डर मिट्रोभिचले ५३ गोल थप्दा सर्बिया सहज अवस्थामा पुगेको थियो। तर, क्यामरुनले नाटकीय पुनरागमन गर्दा दुई गोलको अग्रतामा पनि सर्बिया सुरक्षित रहन सकेन। क्यामरुनका भिनसेन्ट अबोउबेकरले ६३ र एरिक म्याक्सिमले ६६ औं मिनेटमा गोल फर्काउँदा क्यामरुन पुनरागमन गर्न सफल भयो।

योसँगै प्रतियोगिताको आफ्नो पहिलो खेलमा पराजय ब्यहोरेका दुबै टोलीले दोस्रो खेलमा अंक बाँड्न पुगे।  समूह 'जी'कै अर्को खेलमा आज पौने १० बजे सर्बिया र ब्राजिल स्टेडियम ९७४ मा आमनेसामने हुनेछन्। समान ३ अंक जोडेका ब्राजिल र स्वीजरल्याण्ड शीर्ष दुईमा छन् भने समान १ अंक जोडेका क्यामरुन र सर्बिया तालिकाको तेस्रो र चौथो स्थानमा छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell