PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

मिश्रित निर्वाचन प्रणालीबाट आएको परिणामले अस्थिरता निम्त्याउदैन : सुवास नेम्वाङ



पहिलोपोस्ट

मिश्रित निर्वाचन प्रणालीबाट आएको परिणामले अस्थिरता निम्त्याउदैन : सुवास नेम्वाङ

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनको परिणामले लोकतन्त्रको सुन्दर र स्वस्थ्य प्रतिस्पर्धाको राजनीति अघि बढ्ने सन्देश दिएको बताएका छन्। इलाम-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई काठमाडौं आएपछि प्रतिक्रिया दिँदै उनले निर्वाचनले दलहरू मिलेर देश र जनताकाहितमा काम गर्न प्रष्ट सन्देश दिएको उल्लेख गरेका हुन्।

'जनताले सुनाएको निष्कर्षबाट निषेधको राजनीति पराजित भएको छ, जनताका अगाडि धेरै विषय र प्रश्न थिए। निर्वाचनले दिएको निष्कर्षले जनताको विजय भएको छ,' उनले भने।

 लोकतन्त्रमा विश्वास गर्ने शक्ति जनादेशअनुसार चल्नुपर्नेमा जोड दिँदै पूर्वसभामुख नेम्वाङले जनताले दलहरू मिलेर देश र जनताको हितमा काम गर्न दिएको निष्कर्ष अनुरुप आफ्नो दल अघि बढ्ने बताए।

'मलाई विश्वास छ, हामी मिलेर अघि बढ्दा मात्रै देश ठीक दिशातर्फ अघि बढछ,' उनले थप भने।

अहिलेको सफल निर्वाचनले संविधान कार्यान्वयन गर्न राम्रो वातावरण प्रदान गरेको पनि उनले बताए।

'संविधान र नयाँ जनादेशको सन्देशअनुरुप जुनसुकै भूमिका निर्वाह गर्न हामी तयार छौं,' उनले भने।

मिश्रित निर्वाचन प्रणालीबाट आएको परिणामले कुनै अस्थिरता ननिम्त्याउने स्पष्ट पार्दै नेम्वाङले राष्ट्र र जनहितलाई केन्द्रमा अघि बढ्न सबै राजनीतिक दललाई सुझाव दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell