
फिफा विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा दक्षिण कोरिया घानासँग पराजित भएको छ। एजुकेसन सिटी स्टेडियममा सम्पन्न समूह 'एच'को खेलमा घानासँग कोरिया ३-२ गोलअन्तरले पराजित भएको हो।
खेलको २४ औं मिनेटमा मोहम्मद सलिसुको गोलको घानाले खेलमा अग्रता बनाएको थियो। त्यस्तै मोहम्मद कुडोसले ३४ औं मिनेटमा गोल थप्दा पहिलो हाफमा घान २-० गोलले अघि रह्यो।
दोस्रो हाफमा कोरियाले सानदार पुनरागमन गरे पनि त्यसलाई जोगाउन सकेन। कोरियाका छो गुइ-सुङले ५८ र ६१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। तर ६८ औं मिनेटमा फेरि कुडोसले नै गोल थप्दा घाना फेरि अग्रता बनाउन सफल रह्यो। त्यसपछिको अधिकांश समय कोरियाले आक्रमण बनाइरहे पनि घाना डिफेन्स गर्न सफल रह्यो।
पहिलो खेलमा पोर्चुगलसँग पराजय ब्यहोरेको घानाको यो पहिलो जित हो। आजै हुने समूह 'एच' कै अर्को खेल उरुग्वे र पोर्चुगल भिड्नेछन्। समूहमा शीर्ष दुईमा रहेका पोर्चुगल र घानाको ३ अंक छ भने समान १ अंक जोडेका उरुग्वे र कोरिया तेस्रो र चौथो स्थानमा छन्।