PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

स्वीजरल्याण्डमाथि संघर्षपूर्ण जित निकाल्दै ब्राजिल नकआउट चरणमा



पहिलोपोस्ट

स्वीजरल्याण्डमाथि संघर्षपूर्ण जित निकाल्दै ब्राजिल नकआउट चरणमा
Photo: FIFA

फिफा विश्वकप अन्तर्गत आज सम्पन्न खेलमा ब्राजिलले स्वीजरल्याण्डलाई हराएको छ। स्टेडियम ९७४ मा स्पम्पन्न समूह 'जी'को खेलमा ब्राजिलले स्वीजरल्याण्डमाथि १-० गोलअन्तरले जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ब्राजिललाई जित दिलाउन कासेमिरोले निर्णायक गोल गरे। खेलअवधिर पकड जमाएको ब्राजिलका लागि कासेमिरोले खेलको ८३ औं मिनेटमा रोड्रिगोको पासमा निर्णायक गोल गरे। त्यसअघि भिनिसियस जुनियरको गोललाई रेफ्रीले भिएआरको सहायतामा अफसाइड घोषित गरेका थिए।

यो सँगै समूह चरणमा लगातार दोस्रो जित निकालेको ब्राजिलले अन्तिम १६ मा स्थान बनाएको छ।

६ अंक जोडेर ब्राजिल समूह 'जी' को शीर्षस्थानमा रहँदा ३ अंक जोडेको स्वीजरल्याण्ड दोस्रो तथा समान १ अंक जोडेका क्यामरुन र सर्बिया तेस्रो र चौथो स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell