PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

ब्रुनो फर्नान्डेजको दोहोरो गोलमा पोर्चुगलले उरुग्वेलाई हरायो, नकआउट चरणको यात्रा पक्का



पहिलोपोस्ट

ब्रुनो फर्नान्डेजको दोहोरो गोलमा पोर्चुगलले उरुग्वेलाई हरायो, नकआउट चरणको यात्रा पक्का
Photo: FIFA

फिफा विश्वकप अन्तर्गत गएराति सम्पन्न खेलमा पोर्चुगलले उरुग्वेलाई हराएको छ। लुसइल स्टेडियममा सम्पन्न समूह 'एच' को खेलमा पोर्चुगलले उरुग्वेलाई २-० गोल अन्तरले हराएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेजले दोहोरो गोल गरे। खेलको ५४ औं मिनेटमा राफेल गुरेइरोको गोलमा अग्रता बनाएका उनले दोस्रो गोल ९० औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गरेका थिए।

जितसँगै समूह 'एच' मा लगातार दुई जित निकालेको पोर्चुगलले नकाउट चरणमा पक्का गरेको छ।

अघिल्लो खेलमा घानामाथि ३-२ गोलको जित निकालेको पोर्चुगल ६ अंक जोडेर समूहको शीर्षस्थानमा छ। दोस्रो स्थानमा ३ अंक जोडेको घाना रहँदा तेस्रो र चौथो स्थानमा समान १ अंक जोडेका दक्षिण कोरिया र उरुग्वे तेस्रो र चौथो स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell