PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

समानुपातिकतर्फ करिब ९५ लाख मत गनियो : कुन पार्टीले कति मत पाए?



पहिलोपोस्ट

समानुपातिकतर्फ करिब ९५ लाख मत गनियो : कुन पार्टीले कति मत पाए?

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९४ लाख ९६ हजार ७१४ मत गणना गरिएको छ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ। निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा(एमाले)ले २५ लाख ७० हजार ८२३ मत प्राप्त गरेको छ।

नेपाली कांग्रेसले २४ लाख ३८ हजार ६४४, नेकपा (माओवादी केन्द्र)ले १० लाख ९२ हजार ५७७ र राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७० हजार २५३ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ४९ हजार १९८, जनता समाजवादी पार्टीले तीन लाख ४५ हजार १७ मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन्।

थ्रेस होल्ड कटाउनका लागि सङ्घर्षरत दलमा नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टी छन्। आयोगको विवरणअनुसार जनमत पार्टीले दुई लाख ८८ हजार २१६ मत प्राप्त गरेको छ भने एकीकृत समाजवादीले दुई लाख ६२ हजार ८८४ मत प्राप्त गरेको छ। बाँकी रहेको मतगणनामा ती दलले थ्रेस होल्ड कटाउने अपेक्षा राखेका छन्।

आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टीले दुई लाख ४५ हजार १८५, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ३१ हजार ४६३, नेपाल मजदुर किसान पार्टीले ७३ हजार ४९, हाम्रो नेपाली पार्टीले ५३ हजार १६८ मत, मंगोल नेशनल अर्गनाइजेशनले ४६ हजार ११४, राष्ट्रिय जनमोर्चाले ४५ हजार ५४, नेपाल सङ्घीय समाजवादी पार्टीले ३२ हजार ४६९ र नेकपा(माले)ले २७ हजार नौ सय ७४ मत प्राप्त गरेका छन्।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कूल ४७ दलले निर्वाचन प्रक्रियामा भाग लिएका थिए। त्यसमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार ७८७ मत प्राप्त गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell