PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

धनुषा ४ बाट एमालेका रघुवीर महासेठ १२४ मतले विजयी



पहिलोपोस्ट

धनुषा ४ बाट एमालेका रघुवीर महासेठ १२४ मतले विजयी

जनकपुरधाम : नेकपा (एमाले)का सचिव रघुवीर महासेठले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधिसभाको यात्रा निश्चित गरेका छन्। धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा महासेठले यादवलाई १ सय २४ मतान्तरले पराजित गरेका हुन्।

महासेठले ३२ हजार २ सय ३६ मत ल्याए भने यादवले ३२ हजार १ सय १२ मत ल्याए। मतगणनाको क्रममा अत्यन्त कडा प्रतिस्पर्धा देखिएपनि अन्ततः कांग्रेस सहमहामन्त्री यादवलाई पराजित गर्दै महासेठले जित निकालेका हुन्।

महासेठले २०७४ को निार्वाचनमा समेत यही निर्वाचन क्षेत्रबाट जित निकालेका थिए। यो जितसँगै एमालेले मधेश प्रदेशमा सबैभन्दा बढी ९ वटा प्रतिनिधिसभा क्षेत्रमा जित निकालेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell