PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

उदयपुर-१ मा आजबाट पुन: सुरु भयो मतगणना



पहिलोपोस्ट

उदयपुर-१ मा आजबाट पुन: सुरु भयो मतगणना

काठमाडौं : उदयपुर-१ को मतगणना पुनः सुरु भएको छ। सो क्षेत्रको मतगणना तीनदेखि रोकिएको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशानुसार आज बिहानबाट पुनः गणना सुरु गरिएको हो।

गत शनिबार बिहान क्षेत्र नं १ को मतणना हुँदै गर्दा केही मतदान केन्द्रका मतपेटिकामा प्रदेशको मतपत्र प्रतिनिधसभाको मतपेटिकामा भेटिएको र केहीमा तथ्याङक अनुसारको मतपत्रभन्दा बढी पाइएपछि मतगणनामा विवाद उत्पन्न भएको थियो।

नेकपा (एमाले)सहितका केही स्वतन्त्रका उम्मेदवारले पुनः मतदान हुनुपर्ने माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएपछि मतगणना अवरुद्ध हुन पुगेको थियो।

उदयपुर-१ बाट नेपाली कांग्रेसका डा नारायण खड्कार र नेकपा एमालेबाट मन्जु कुमारी चौधरी प्रतिस्पर्धामा छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell