PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

महानगरविरुद्ध सुकुम्बासीको विरोध प्रदर्शन जारी, बस्तीमा लाग्दैछ नारा : उठिबासको त्रास कहिलेसम्म?

महानगरविरुद्ध सुकुम्बासीको विरोध प्रदर्शन जारी, बस्तीमा लाग्दैछ नारा : उठिबासको त्रास कहिलेसम्म?

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं महानगरले सकुम्बासी र भूमिहीन व्यवस्थापनका लागि गरेको सहमति कार्यान्वयन नगरी दमन गर्न खोजेको भन्दै आज विरोध प्रदर्शन भएको छ। थापाथलीमा बस्दै आएका सुकुम्बासीहरुले आज महानगर कार्यालय रहेको बागदरबार अघि पुगेर विरोध गरेका हुन्।

प्रदर्शनकारीहरुले भूमिहीनलाई लालपूर्जा दिन, भदौमा भएको सहमति कार्यानवयन गर्न, दमन रोक्न लगायत नारा लगाएका थिए। अहिले पनि सुकुम्बासी बस्तीमा विरोध जारी छ।

सोमबार महानगर प्रहरीले बस्ती भित्र पसेर सुकुम्बासीलाई हटाउन खोजेपछि झडप भएको थियो।

 



ट्रेन्डिङ पोस्ट

Ncell