PahiloPost

Jul 3, 2024 | २० असार २०८१

भारतमै 'द कश्मीर फाइल्स' लाई भनियो : भल्गर र प्रोपोगाण्डा फैलाउने फिल्म



पहिलोपोस्ट

भारतमै 'द कश्मीर फाइल्स' लाई भनियो : भल्गर र प्रोपोगाण्डा फैलाउने फिल्म

भारतीय फिल्म ‘द कश्मीर फाइल्स’ लाई लिएर यतिखेर भारतमा फेरि विवाद सिर्जना भएको छ। इजरायली फिल्म निर्माता नाडव लपिडले  हिजो साँझ भारतको गोवामा आयोजित ‘इन्टरनेशनल फिल्म फेस्टिभल अफ इण्डिया’ को समापन कार्यक्रममा सो फिल्मलाई लिएर बोलेको विषयले भारतीय राजनीति तरंगित भएको हो।

५३ औं संस्करणको समापन समारोहमा निर्माता तथा जुरीका रुपमा रहेका लपिडले फिल्म ‘द कश्मीर फाइल्स’ लाई भल्गर र प्रोपोगाण्डा फैलाउने फिल्म बताएका थिए। सो कार्यक्रममा सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरलगायत धेरै ठूला नेताहरु उपस्थित थिए ।

उनले भने,‘ हामी सबै कश्मीर फाइल्स हेरेर विचलित र स्तब्ध भएका छौं। यो फिल्मले हामीमा भ्रम फैलाउँछ। यो फिल्म भल्गर छ। यस्तो प्रतिष्ठित चलचित्र महोत्सवको कलात्मक प्रतिस्पर्धामा यस प्रचारित फिल्मलाई राख्नु उचित होइन।’

उनको यो अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। फिल्म टिमलगायत धेरै लपिडको यो भनाईको आलोचना गरिरहेका छन्।

फिल्म निर्माता अशोक पण्डितले पनि लपिडको भनाइप्रति आपत्ति जनाउदै ट्वीट गरेका छन्।

‘द कश्मीर फाइल्सका सम्बन्धमा नाडव लपिडले भनाईप्रति कडा आपत्ति जनाउँछु। ३ लाख कश्मीरी हिन्दूको नरसंहार देखाउनुलाई अश्लील भन्न मिल्दैन। म एक फिल्म निर्माता र कश्मीरी भएकोले। पण्डितहरु यस भद्दा भनाइको निन्दा गर्नुहोस्,’ उनले लेखेका छन्। 

साथै फिल्मका अभिनेता अनुपम खेरले पनि लपिडको बयानप्रति विरोध जनाउँदै लेखेका छन्, ‘झुटको जतिसुकै उचाई किन नहोस्, सत्यको तुलनामा त्यो सधै सानो हुन्छ।’  निर्देशक विवेक अग्निहोत्रीले पनि सत्य निकै खतरानक भएकाले यसले मानिसलाई झुट बोल्न बाध्य बनाउने भन्दै नाडवको बयानको खण्डन गरेका छन्।

गत ११ मार्चमा रिलिज भएको ‘कश्मीर फाइल्स’ कश्मीरी पण्डितहरुको ‘कथित राष्ट्रवाद’ कथामा आधारित छ।  रिलिज ताका पनि फिल्म विवादमा परेको थियो। फिल्मलाई प्रोपोगाण्डा बताउँदै सामाजिक सञ्जालमा धेरैले फिल्मको आलोचना गरेका थिए। सिनेमामाथि राजनीति हाबी भएको र सत्तापक्षले आफ्नो वकालत गर्नका लागि फिल्म निर्माण गरेको भनि भारतीय जनता पार्टीमाथि आरोप लागेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell