काठमाडौं : फिल्म ‘डिसेम्बर फल्स’ को ‘फकाउनै जानिनँ’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार आर्यन सिग्देल र उपासना सिंह ठकुरी फिचर्ड छन्।
दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा मेलिना राई र निशान भट्टराईको स्वर सुन्न सकिन्छ। गीतको भिडियो भक्तपुर दरबार क्षेत्रलगायतका सांस्कृतिक सम्पदा स्थलमा खिचिएको हो।
यस गीतको छायांकन ताका उपासनाको पहिरनले चर्चा र विवादको विषय बनेको थियो। उपासनाले पहिरिएको गाउनमा मन्दिर, बौद्धनाथ स्तुपा (स्वयम्भू) र अन्य धार्मिक सम्पदालाई चित्रण गरिएको छ।
आर्यन र उपासनाको पहिलो सहकार्य रहेको यो फिल्म आगामी पुस १५ गते रिलिज हुनेछ। भारतीय फिल्मकर्मी प्रवीण झाले निर्देशित फिल्ममा सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतको अभिनय छ।