PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जब इरानी फुटबलरहरुको पासपोर्ट लिएर भनियो : अमेरिकालाई नहराए इरानमा स्वागत छैन



पहिलोपोस्ट

जब इरानी फुटबलरहरुको पासपोर्ट लिएर भनियो : अमेरिकालाई नहराए इरानमा स्वागत छैन
सन् १९९८ को विश्वकपमा इरानले अमेरिका विरुद्ध अग्रता बनाउँदा। तस्बीर: एएफपी/ गिट्टी इमेेजेज

फिफा विश्वकपमा भरे राति राजनीतिक रुपमा तनावपूर्ण सम्बन्ध रहेका इरान र अमेरिकाबिच खेल हुँदैछ। दुवै टोलीका लागि नकआउट चरणमा पुग्नका लागि त यो खेल महत्वपूर्ण छ नै राजनीति पनि यो खेलमा उत्तिकै हाबी हुने अनुमान गरिएको छ।

विश्वकपमा यी दुई टोली दोस्रो पटक भिड्दैछन्। यसअघि सन् १९९८ मा फ्रान्स विश्वकपमा यी दुई टोली आमनेसामने भएका थिए। जसमा इरानले २-१ गोलअन्तरले खेल जितेको थियो।

त्यसबेलाका अमेरिकी टोलीका प्रशिक्षक स्टेभेन साम्पसनले इरानी सरकारले हाफ टाइमको समयमा हस्तक्षेप गर्दै खेलाडी धम्काएको दाबी गरेका छन्। उनले इरानका सरकारी अधिकारीहरुले खेलाडीको पासपोर्ट लिएर अमेरिकासँग हारे इरानमा स्वागत नगरिने भनेको दाबी गरेका हुन्।

इरानले जितेको उक्त खेललाई विश्वकपमा 'मदर अफ अल गेम' नामले पनि चिनिन्छ। यसको कारण थियो यी दुई देशबिच लामो समयदेखि चलिरहेको राजनीतिक तनाव। उक्त खेल भएको २४ वर्ष भयो। फेरि एकपटक यी दुई टोली विश्वकपमा भिड्दैछन्। तर, यी देशबीचको राजनीतिक तनाव घटेको छैन बरु अझ गहिरिँदै गएको छ।

सामसनले १९९८ को विश्वकप ताका खेलाडीलाई इरानी सरकारी अधिकारीले धम्काएको इरानी प्रशिक्षक जलाल तालेबीले बताएको दाबी गरेका हुन्।

त्यसताका विश्वकपमा हात मिलाउने विषयलाई लिएर पनि तनावको अवस्था बनेको थियो। फिफाको नियम अनुसार दुई टोलीले हात मिलाउनु पर्ने थियो तर इरानका नेता अयातोल्ला अली खामेनीले आफ्नो टोलीलाई प्रतियोगिताबाट फिर्ता बोलाउने धम्की दिएका थिए। तर, पछि यसमा समन्वय भएको थियो। त्यसताका इरानी खेलाडीले अमेरिकी खेलाडीलाई सेतो गुलाव दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell