PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

भारतमा चेतन र उर्फीको जुहारी भाइरल, 'आफ्नो कमजोरी स्वीकार्नुको सट्टा महिलालाई दोष दिन्छन्'



पहिलोपोस्ट

भारतमा चेतन र उर्फीको जुहारी भाइरल, 'आफ्नो कमजोरी स्वीकार्नुको सट्टा महिलालाई दोष दिन्छन्'
Photo : latestly

केही दिनअघि भारतीय लेखक चेतन भगत एक साहित्यिक कार्यक्रममा सहभागी भए। त्यहाँ उनले युवाहरुलाई किताब पढ्ने सल्लाह दिदैँ भने, ‘मनोरञ्जन राम्रो कुरा हो। तर, यसले हाम्रो युवालाई कमजोर बनाएको छ। युवकहरु दिनभरि भिडियो हेर्छन् र फोटो लाइक गर्छन्।’

सोही कार्यक्रममा चेतनले मोडल उर्फी जावेदलाई समेत जोडे र, भने, ‘उनीहरु उर्फी जावेदको फोटो लाइक गरिरहेका हुन्छन्। उर्फीको गल्ती केही छैन उनीले आफ्नो करियर बनाइरहेकी छिन्। युवाहरु सिरकभित्र पसेर उर्फीको फोटो हेर्छन्। आज म पनि उर्फीको तस्विर हेरेर आएको हुँ। मलाई उर्फीको सबै ड्रेसेअप थाहा छ।’

चेतनले उर्फीको बारेमा बोलेको बयान सामाजिक सञ्जालभर भाइरल बन्न पुग्यो। यस बयानले चेतन र उर्फीबिच विवाद नै सिर्जना गरिदिएको छ। चेतन भगतको बयानपछि मोडल उर्फी जावेद आक्रोशित बनिन्।

उर्फीले इन्स्टाग्रामको स्टोरीमा लेखिन्,‘ जब तपाईं इन्स्टाग्राम र ह्वाट्सएपमा आफूभन्दा कम उमेरकी युवतीलाई म्यासेज गर्दा ती केटीको पहिरनले तपाईलाई विचलित पारेन? यस्ता मानिसहरु छन् जो आफ्नो कमजोरी स्वीकार्नुको सट्टा महिलाहरुलाई दोष दिन्छन्। यदि तपाईं बिग्रिनुहुन्छ भने यसको मलतब यो होइन केटी वा उसको पहिरनको दोष हो। बेकारमा मलाई ल्याउनुभयो। मेरो कपडाको बारेमा भन्नुभयो। यो वास्तवमै मूर्ख काम हो। के तपाईंको सन्देश युवा केटीहरुलाई विचलित भएको थिएन र?

उर्फीको यो प्रतिक्रियासँगै चेतन भड्किएका छन्। जावेदले भने जसरी आफूले कसैसँग पनि कुरा नगरेको चेतनले स्पष्ट पारेका छन्।

‘मैले कसैसँग बोलेको र भेटेको छैन। जसरी मेरो बारेमा भनिरहेका छन्। यो सरासर झूट हो। यो विषय प्रचार गर्न लायक छैन। मैले कहिल्यै कसैको आलोचना गरेको छैन। मलाई लाग्दैन कि मैले मानिसहरूलाई इन्स्टाग्राममा उनीहरूको समय बर्बाद गरेको छु, फिटनेस र करियरमा ध्यान दिन सल्लाह दिएर गल्ती गरे।’ उनले ट्विटरमा लेखेका छन्।

बिग बोस ओटीटी फेम अभिनेत्री उर्फी जावेद बोल्ड फोटोसुटका कारण चर्चामा छिन्। उनले लगाएका पहिरनका कारण उनी विवादित समेत हुन्छिन्। पछिल्लो समय उनी स्पिल्ट्सभिल्लामा पनि देखिएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell