PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

पाँचथरमा अन्ततः एमालेका नेम्वाङ विजयी घोषित, अन्तिम मतान्तर ४६ कायम



पहिलोपोस्ट

पाँचथरमा अन्ततः एमालेका नेम्वाङ विजयी घोषित, अन्तिम मतान्तर ४६ कायम

काठमाडौंः निर्वाचन आयोगले नेकपा (एमाले) का वसन्त नेम्वाङलाई निर्वाचित घोषणा गरेको छ। प्रत्यक्षतर्फको गणना सकिएपछि ४७ मतान्तरले नेम्वाङले कांग्रेस उम्मेदवार भीष्मराज आङदेम्बेलाई पराजित गरेका थिए। तर, समानुपातिक गणनाका क्रममा प्रत्यक्षका केही मतपत्र समेत फेला परेपछि आयोगले नेम्वाङलाई विजयी घोषित र प्रमाणपत्र दिएको थिएन। 

मंगलबार राति समानुपातिकको मतगणना सकिएपछि आयोगले नेम्वाङलाई निर्वाचित घोषणा गरेको हो। अन्तिम परिणाम अनुसार यसअघिको भन्दा मतान्तर १ मतले कम भएको छ। नेम्वाङले ४६ मतको जित दर्ता गरे। 

नेम्वाङले ३२ हजार १३५ मत पाए। यस्तै, आङदेम्बेले ३२ हजार ८९ मत पाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell