PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

वेल्स इङ्ग्याण्ड र इरान अमेरिकासँग पराजित, समूह 'बी' बाट इङ्ग्ल्याण्ड र अमेरिका नकआउट चरणमा



पहिलोपोस्ट

वेल्स इङ्ग्याण्ड र इरान अमेरिकासँग पराजित, समूह 'बी' बाट इङ्ग्ल्याण्ड र अमेरिका नकआउट चरणमा
Photo: Pavel Golovkin/AP

फिफा विश्वकप अन्तर्गत समूह 'बी' को गएराति सम्पन्न खेलसँगै इङ्ग्ल्याण्ड र अमेरिकाले नकआउट चरणमा स्थान बनाएका छन्। गएराति सम्पन्न खेलमा इङ्ग्ल्याण्डले वेल्सलाई र अमेरिकाले इरानलाई हराउँदै अन्तिम १६ मा स्थान बनाएका हुन्।

समूह 'बी' अन्तर्गतको अहमेद बिन अली स्टेडियममा सम्पन्न खेलमा इङ्ग्ल्याण्डले वेल्सलाई ३-० गोलअन्तरले हरायो। इङ्ग्ल्याण्डको जितमा मार्कस रासफोर्डले दोहोरो गोल गर्दा फिल फोडेनले १ गोल गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५० औं मिनेटमा गोल गर्दै रासफोर्डले इङ्ग्ल्याण्डलाई अग्रता दिलाएका थिए। लगत्तै अर्को मिनेटमा फिल फोडेनले ह्यारि केनको पासमा गोल थप्दै अग्रता दोब्बर बनाए। त्यस्तै तेस्रो गोल रासफोर्डले नै ६८ औं मिनेटमा गरे।

त्यस्तै गएराति नै सम्पन्न समूह 'बी' कै अर्को खेलमा इरान अमेरिकासँग पराजित भयो। अल थुममा स्टेडियममा सम्पन्न खेलमा अमेरिकाले इरानमाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो। अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले  ३८ औं मिनेटमा निर्णायक गोल गरे।

Photo: Wolfgang Rattay/Reuters


योसँगै समूह 'बी' बाट इङ्ग्ल्याण्ड समूह विजेता र अमेरिका उपविजेता बन्दै नकआउट चरण प्रवेश गरेका छन्। अंकतालिकाको शीर्ष स्थानमा रहेको इङ्ग्ल्याण्डले ७ अंक जोड्दा दोस्रो स्थानमा रहेको अमेरिकाले ५ अंक जोड्यो। त्यस्तै ३ अंक जोडेको इरान र १ अंक जोडेको वेल्स प्रतियोगिताबाट बाहिरिएका छन्।

अन्तिम १६ मा इङ्ग्ल्याण्डले सेनेगल र अमेरिकाले नेदरल्याण्ड्ससँग भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell