PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

उदयपुर १ मा कांग्रेसका डा नारायण खड्का निर्वाचित



रासस

उदयपुर १ मा कांग्रेसका डा नारायण खड्का निर्वाचित
फाइल फोटो।

कटारी : उदयपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा हाल परराष्ट्रमन्त्री रहेका नेपाली कांग्रेसका नेता डा नारायण खड्का चौथोपटक विजयी भएका छन्। खड्काले ३१ हजार दुई  सय ७० मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)की मञ्जुकुमारी चौधरीले २८ हजार आठ सय ९१ मत ल्याउँदै दोस्रो स्थान हासिल गरेकी छन्।

यस क्षेत्रमा ७६ हजार सात सय ५६ मत खसेको थियो। मतपरिणामअनुसार तीन हजार नौ सय १५ मत ल्याउँदै राप्रपाका ध्रुवकुमार रायमाझीले तेस्रो स्थान प्राप्त गरे। यस क्षेत्रमा १६ जनाले प्रतिस्पर्धा गरेका थिए।

खड्कालाई रोक्न पुरानै प्रतिस्पर्धी एमाले नेतृ मञ्जुकुमारी चौधरी मैदानमा उत्रिए पनि सफल भइनन्। पूर्व सहरी विकास राज्यमन्त्री चौधरी डा खड्काको पुरानै प्रतिस्पर्धी हुन्। विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनको साथ पाएकी चौधरीलाई पराजित गरेका खड्का यसपटक सत्ता गठबन्धनका साझा उम्मेदवार थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell