PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

सोमवार राति बेपत्ता भएका राउतको हत्या गरिएको अवस्थामा शव फेला



रासस

सोमवार राति बेपत्ता भएका राउतको हत्या गरिएको अवस्थामा शव फेला

सप्तरी : सोमवार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका-१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ। उनको शव घरदेखि डढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मंगलवार फेला परेको हो।

हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए। बेपत्ता भएपछि राउतको खोजी गरिदिन उनका परिवारका सदस्यले प्रहरीलाई अनुरोध गरेका थिए।

‘तालिमप्राप्त कुकुरको सहयोगमा घटनाको अनुसन्धान अघि बढाएका छौँ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell