PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पुरुष विश्वकप फुटबलमा पहिलो पटक प्रमुख रेफ्रीको जिम्मेवारी महिलालाई



पहिलोपोस्ट

पुरुष विश्वकप फुटबलमा पहिलो पटक प्रमुख रेफ्रीको जिम्मेवारी महिलालाई
Photo: GETTY IMAGES

पुरुष विश्वकप फुटबलको इतिहासमा पहिलो पटक प्रमुख रेफ्रीको जिम्मेवारी महिलालाई दिइने भएको छ। कोस्टारिका र जर्मनीबिच बिहीवार हुने समूह चरणको खेलमा रेफ्रीको जिम्मा महिला रेफ्री टोलीले लिनेछ

उक्त टोलीका सबै सदस्य महिला हुने छन् भने टोलीलाई स्टेफनी फ्रेप्पार्टले नेतृत्व गर्नेछिन्। त्यतिमात्रै नभई फ्रेप्पार्ट पुरुष विश्वकपमा रेफ्री हुने पहिलो महिला हुनेछिन्।

गत मंगलवार मेक्सिको र पोल्याण्डको खेलका लागि ‘फोर्थ अफिसियल’ बनेपछि फ्रान्सकी फ्रेप्पार्ट प्रतियोगितामा पहिलो महिला अधिकारी बनेकी थिइन्।

‘यसको दबाबबारे हामी जानकार छौँ,’ फ्रेप्पार्टले प्रतियोगिताअघि भनेकी छिन्, ‘तर, मलाई लाग्छ हामी आफैँलाई परिवर्तन गर्नेछैनौँ। शान्त भएर ध्यान केन्द्रित गर्नेछौँ र मिडिया तथा अन्य कुराको बारेमा धेरै नसोची फिल्डमा केन्द्रित हुनेछौँ।’

अल बायेत स्टेडियममा फ्रेप्पार्टलाई बिहीवार ब्राजिलकी नेउजा ब्याक र मेक्सिकोकी क्यारेन डियाज मेडिनाले साथ दिनेछन्।

महिला भएकै कारण खेलाडी, प्रशिक्षक वा फ्यानहरूबाट कुनै टिप्पणी सुन्नुपरेको छ? भन्ने प्रश्नमा फ्रेप्पार्ट भन्छिन् : ‘मैले सुरुवातदेखि नै टिमहरु, क्लबहरु र खेलाडीहरूबाट समर्थन पाएको छु। मलाई स्टेडियममा सहजै स्वागत गरिन्छ त्यसैले पनि आफूलाई मैदानमा अन्य रेफ्रीभन्दा फरक लाग्दैन। त्यसैले यसपटक पनि पहिले जस्तै मैदानमा स्वागत हुनेछ भन्ने मलाई लागेको छ।’

उनी २०२० मा पुरुष च्याम्पियन्स लिगको खेलमा रेफ्री हुने पहिलो महिला बनेकी थिइन्।

२०१९ को युरोपियन सुपर कपमा लिभरपुल र चेल्सी भिड्दा ३८ वर्षीया फ्रेप्पार्ट युइएफएको प्रमुख पुरुष प्रतियोगितामा रेफ्रीको जिम्मा लिने पहिलो महिला बनेकी थिइन्।

कतारमा प्रमुख रेफ्रीको जिम्मेवारी सम्हाल्नका लागि छानिएका ३६ अफिसियलमध्ये फ्रेप्पार्ट, रुवाण्डाकी सलिमा मुकानसांगा र जापानकी योशिमी यामाशिता पनि रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell